स्थानिय उत्पादनको बजारीकरणमा चुनौती

दंगीशरण, २ चैत्र ।  स्थानिय उत्पादनको बजारीकरणमा चुनौती रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा स्थानिय स्रोतहरुको सदुपयोग गरी स्थानिय उधमहरुको समर्थन, प्रबर्द्धन र लगानि गर्नका लागी सरोकारवाला सङ्गको छलफल तथा अन्तर्कृया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । दंगीशरण गाउँपालिकाको सभाहलमा भएको अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले तालिममा सहभागीको छनोट प्रक्रियालाइ रुचि, चहाना र पेशाको आधारमा पहिचान गरेर मात्र सहभागी बनाउनुपर्ने बताउनुभयो । सस्तो दरमा ऋण लगेर अन्यत्र ब्याज लगाउने बिचौलियाका कारण बास्तविक किसानहरु मारमा परेको भन्दै उहँले स्थानिय कच्चापदार्थबाट निर्मित उत्पादनको बजारीकरणतर्फ पनि आफुहरु गम्भीर रहेको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अथिती समेत रहेका अध्यष गिरीले चुरे क्षेत्रमा पाइने थाकलबाट निकै आकर्षक बस्तुहरु उत्पादन गर्न सकिने बताउनुभयो । सो अवसरमा बोल्दै ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले कुनै पनि बस्तु बेच्न सक्ने किसान मात्र धनि बन्न सक्ने बताउनुभयो ।खरीद गर्ने मात्र नभइ आफैले उत्पादन गरी बेच्न सक्ने हुनु नै आजको प्रमुख आवश्यकता रहेको उहाँले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरीले कुनै पनि उधम शुरु गर्न आफु भित्रैवाट उत्सुक र लगाव हुन जरुरी रहेको बताउनुभयो । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारीका संस्थाका अध्यक्ष बिष्णु गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रेणुका विकले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया