सर्लाही १३ साउन । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित एक पोखरीमा एक महिला र उनका दुई सन्तानको शव फेला परेको छ । स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, उनका १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले बताउनुभएको छ ।
गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। उनीहरुको आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।