शिवु खनाल
दाङ( दाङको लमहीमा सलह किराले देखा परेको छ । मंगलबार लमही नगरपालिका वडा नम्बर ८ गणेशपुर गाउँमा ठुलो मात्रामा सलह किरा देखा परेको हो । सलह किराले किसानले लगाएको बालिनालि सबै नष्ट पारेको छ ।
ञदिउँसो दुई बजेतिर पश्चिमबाट ठुलो संख्यामा हाम्रो गाउँमा सलह किरा आयो । आएको एकैछिनमा सलह किराले मकै, करेला, भिण्डि, बदम, केरा र धानको ब्याड सबै नष्ट परेको स्थानीय टिकाराम चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, (। ढाइ कठ्ठा जग्गामा लगाएको सबै अन्नबालि सखाप पर्यो । केही पनि बाकि राखेन । थोरै समयमै धेरै अन्नबालि सखाप पार्दो रहेछ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।