गुणस्तरीयता खस्किदै गएको प्रति चिन्ता

 

तुलसीपुर १७ माघ ।

तुलसीपुरमा उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । उपभोक्ता अधिकार मञ्च केन्द्रीय कार्यालयको आयोजना एबं आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षंण विभाग भद्रकाली काठमाडौँको सहयोग तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्च दाङ शाखाको सहजीकरणमा बुधबार कार्यक्रम भएको हो ।

त्यस अबशरमा हामीले प्रयोग गरिरहेको बस्तुहरुको गुणस्तरीयतामा कमी आएकाले उपभोक्ता नै सजक बन्नु पर्ने वताईएको थियो । उपभोक्ता अधिकार मञ्चका केन्द्रीय अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हामीले प्रयोग गर्दै आईरहेका हरेक बस्तुमा गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले अब स्थानीय सरकारले गुण्स्तरीयता सुधारका लागि नीति बनाएर अघि बढ्ने समेत वताए ।

कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रशासन कार्यालयमा प्रमुख धनबहादुर केसीले बजार अनुगमणलाई पनि व्यापक नबनाउँदा यस्तो समस्या निम्तिएको वताए । दशै तिहारमा मात्रै बजार अनुगमण गर्ने प्रबृतिले गर्दा हरेक बस्तुको गुणस्तरीयता खस्कदै गएको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण मञ्चका दाङ जिल्ला अध्यक्ष गोपाल शर्मा भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार
प्रतिक्रिया