तुलसीपुर,२९ पुस । प्युठान र रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा न. ५ जुम्रीडाँडा बस्ने ४६ वर्षीय गोरे कामी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । बुधबार साँझ करिव ८ बजे घरमा रहेको अवस्थामा चट्याङ लागेर घाइते हुनु भएका कामीलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लग्ने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शवलाई बिजुवार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
त्यसैगरी रुकुम पश्चिममा बुधबार साँझ परेको चट्याङ लागेर चार जना घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा त्रिवेणी गाउँपालिका ९ बस्ने ४० वर्षीय रेवती कामी,सोहि गाउँपालिका ७ बस्ने ७३ बिरपत खड्का,५३ वर्षीया मनकला वली र ३४ वर्षीया झरना डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकाहरु मध्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने एक जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।