राष्ट्रपति भण्डारी आज लुम्बिनी आउने कार्यक्रम

फाईल फोटो

काठमाण्डौ,१६ मंसीर । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) लुम्बिनी आउने कार्यक्रम छ । लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटनमा सहभागी हुन राष्ट्रपति लुम्बिनी आउन लाग्नुभएको हो ।

राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको विश्व विद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले बताउनुभयो । त्यसअघि राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया