तुलसीपुर-कट्कुईया ग्रामिण सडक स्तरबृद्धि नहुदा स्थानियलाई सास्ती

तुलसीपुर ७ मंसीर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ अन्र्तगत पर्ने तुलसीपुर कट्कुईया ग्रामिण सडक स्तरोन्नती नहुदा स्थानियलाई सास्ती हुने गरेको छ । हिउँदमा धुलाम्य र बर्षातको समयमा हिलाम्मे तथा खाल्टाखुल्टीका कारण दैनिक आवतजावत गर्न समस्या हुने गरेको स्थानिय नागरिकले बताएका छन् । तुलसीपु बजार देखी झन्डै अढाई किलोमिटर दुरीमा पर्ने उक्त सडकमा दैनिक सवारी साधनहरु आवतजावत गर्नुभएको साथै पैदलयात्रीहरु पनि उत्तिकै आवतजावत गर्दछन् । कट्कुईयाँको ग्रामिण सडकको स्तरोन्नती नहुदा सवारी साधन भन्दा आफुहरुले बढि समस्या भोग्नु परेको स्थानिय नागरिकले बताएका छन् ।

तुलसीपुर बजार आउने गहते,भट्टे,सल्लीवन,कालिमारा र ठाटिगाउँ लगाएतका नागरिकहरु दैनिक उक्त सडकबाटो ओहोरदोहोर गर्दै आएका छन् । तर सडक जीर्ण बन्दै जाँदा सवारी यात्रा गर्दा दुर्घटनाको जोखिम भएको स्थानियको भनाई छ । अहिले सम्म उक्त सडकमा अटो र मोटरसाईकल जस्ता सवारी साधन दुर्घटना हुने गरेका छन् । तुलसीपुर–कट्कुईया ग्रामिण सडक जोड्ने हात्तीगौडा उकालोमा केहि आरसीसी भएता पनि बाँकी सडक खाल्टा खुल्टिका कारण समस्या भएको छ । यस प्रति स्थानियले सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउदा पनि अहिले सम्म सुनुवाई नभएको कट्कुईया टोल विकास संस्थाले बताएको छ । सडक स्तरोन्नती तथा मर्मतका लागी त्यस क्षेत्रका अन्य टोल विकास संस्थाहरुले पनि स्थानिय सरकारलाई बारम्बार ध्यानाकर्षण गराएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया