२०८३ कार्तिक १५ गते आइतवार

गाडीको परिचालक हुदै पाटीको वडा सचिव हुदा खुशी छु !

तुलसीपुर, १५ कात्तिक । तुलसीपुर ९ बस्ने खगेन्द्र वली । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ को वडा कमिटिको भरखरै सम्पन्न भएको अधिवेशनबाट सचिव बन्नु भएको छ । यहि कात्तिक ६ गते सम्म प्रथम वडा अधिवेशनबाट उहा सर्वसम्मत रुपमा पाटीको वडा कमिटिको सचिव बन्नु भएको छ ।

झन्डै तिन दशक देखी कम्युनिष्ट आन्दोलनमा लाग्नु भएका उहा धेरै संघर्ष पछि पाटीको एउटा महत्वपुर्ण पदको जिम्मेवारी पाउनु भएको छ । यो उहाका लागी एउटा सुखद कुरा हो । उहाले विगत देखी नै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल हुदै अहिले पाटीको एउटा जिम्मेवार पद सम्हाल्नु भएको छ । गाडीको परिचालक हुदै पाटीको वडा सचिव उहाको वास्तविक जन्मघर रोल्पा पर्दछ । हाल उहाको बसोबास तुलसीपुर ९ मा रहेको छ । रोल्पाको साविक पाखापानी गाविस वडा नम्वर ७ निवासी उहाले सरस्वती प्राथमिक विद्यालय मवालेखोलामा कक्षा १ देखी ५ सम्म अध्ययन गर्नुभएको हो भने माध्यामिक तहको सम्म माध्यामिक विद्यालय जिनावाङमा अध्ययन गर्नुभएको हो ।अध्ययन संगै विभिन्न सामाजिक तथा राजनितिक रुपमा क्रियाशिल उहा २०५४ सालमा भएको स्थानिय चुनावमा नेकपा एमालेबाट तत्कालिन पाखापानी गाविस वडा नम्वर ७ मा वडा सदस्यमा निर्वाचित हुनुभयो । तर पुरा कार्यअवधी काम गर्न पाउनु भएन ।त्यतिबेला तत्कालिन जनयुद्ध सुरु भएको थियो ।

यसैक्रममा भएको स्थानिय चुनाव पुरा समय सम्म टिक्न सकेन ।तत्कालिन जनयुद्धका कारण जनप्रतिनिधि तथा विपक्षहरुलाई ज्यान जोगाउन मुस्किल परेपछि उहा २०५५ सालमा जन्मथलो छोडेर दाङ तुलसीपुर आउनु भएका उहाले २०५६ देखी दाङ सल्यान चल्ने बसमा परिचालकको काम गर्न थाल्नुभयो । गाडीमा परिचालकको काम गदै जादा २०६४ मा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर ईकाई कमिटिको कोषाध्यक्ष भएको उहाले तुलसीपुर खबरडटकम संगको कुराकानीमा बताउनुभयो ।

विगतका घटनाक्रम स्मरण गराउदै उहाले यातायात मजदुरहरुको हक र अधिकारका लागी काम गदै जाँदा २०६६ मा संगठनको आठौ महाधिवेशनमा केन्द्रिय सदस्य भएको बताउनुभयो । त्यसपछि नवौँ महाधिबेशनमा पनि केन्द्रिय सदस्य हुदै दशौँ महाधिवेशनमा (हाल) मनोनित केन्द्रिय सदस्य तथा सचिवालय सदस्य भएको उहाको भनाई छ । साथ उहा विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि उत्तिकै क्रियाशिल रहनु भएको छ । उहाले मावि दोघरे विद्यालय शिक्षक अभिभावक संघको अध्यक्ष भएर एक कार्यकाल पुरा गर्नुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।