२०८३ कार्तिक १५ गते आइतवार

बडादसैंलाई दशा नबनाउन नगर प्रमुख पाण्डेको आग्रह

तुलसीपुर, २९ असोज । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले दसैंलाई दशा नबनाउन आग्रह गर्नुभएको छ । हिन्दु नेपालीहरुको महान चाड बडादसैंको अवसरमा नगरबासीसहित स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नगर प्रमुख पाण्डेले सहजतरिकाले चाडपर्व मनाउन आग्रह गर्नुभएको हो ।

शुभकामना सन्देश व्यक्त गर्दै नगर प्रमुख पाण्डेले हाम्रा सांकृतिक चाडपर्वलाई सहज र लोकतान्त्रिकरण बनाउँदै लैजानुपर्ने बताउनुभयो । ‘अर्काले केखायो केलायो भनेर देखासिकि गर्नुभन्दा पनि आफ्नो आर्थिक अवस्था हेरेर दसैं तिहार मनाउनुस । आफ्नो घरमा जे छ त्यसैमा रमाउनुस । चाडपर्वलाई चड्किलो र भड्किलो नबनाउनुस । जसलेगर्दा दसैं, दशा नबनोस ।’ नगर प्रमुख पाण्डेले शुभकामना सन्देशमा भन्नुभएको छ ।

लामो समयससम्म घर बाहिर भएकाहरु गाउँमा फर्किने, आफन्तबाट टाढा भएकाहरु दसैंमा मान्यजनकहाँ टिका तथा आर्शिवाद थाप्न जाने भएकाले यस पर्वलाई सामाजिक सद्भाव, एकता, मिलन र मेलमिलाको पर्वका रुपमा लिनुपर्ने नगर प्रमुख पाण्डेले बताउनुभयो ।

सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व भएको बताउँदै नगर प्रमुख पाण्डेले दशैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बतानुभयो ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।