तुलसीपुर, २२ असोज । तुलसीपुर उपमहानगरपालिका–१५ नम्बर वडा कार्यालयले वडाभित्रका दुई विद्यालयमा अध्ययनरत २ सय १७ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ । वडाले कार्यक्रम आयोजना गरी आधारभूत विद्यालय कोठरी र महेश्वरी प्राथमिक विद्यालय पहेलपारमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो ।
आधारभूत विद्यालय कोठरीका १ सय ७४ जना तथा महेश्वरी प्राथमिक विद्यालय पहेलपारका ४३ जना छात्रछात्रालाई पोशाक वितरण गरिएको वडा सचिव नर्मदा पोखरेलले जानकारी दिनुभयो । विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्दै वडा अध्यक्ष लक्ष्मण चौधरीले शैक्षिक वातावरण सुधारसँगै विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको आवश्यकताअनुसार सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । पोशाक वितरण कार्यक्रममा वडा सदस्य मंगल सेन डेमडौरा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।







टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।