अश्वारालाई समाजवादी गाउँका रुपमा विकास गरौं : नगर प्रमुख पाण्डे

तुलसीपुर, २८ असोज । तुलसीपुर उपमहानगपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले अश्वारालाई समाजवादी गाउँका रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नं ८ ले विजयादशमीको अवसरमा आयोजना गरेको दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले शिक्षा, स्वास्थ्य, पुर्वाधार, उद्योग, कृषि, आर्थिक लगाएतका दृष्टिकोणले नमूना गाउँको रुपमा विकास हुनेगरी समाजवादी मोडेलमा लैजानु पर्ने बताउनुभयो ।

उहाँले १० देखि ५ को समयमा कार्यालयमा उपस्थित हुने कार्यलाई मात्र रोजगार नभनि आ-आफ्नो दैनिक समयलाई श्रम र सिपसँगै जोडि उत्पादनमुखि बनाउने र त्यसलाई पनि रोजगारको रुपमा अंगिकार गर्ने बानिको विकास गर्न सबैमा अनुरोध गर्नुभयो ।

फरक प्रसङ्गमा नगर प्रमुख पाण्डेले बडा दशैलाई एकताको प्रतिकका रुपमा लिनु पर्ने बताउँदै देखासिकि पर्वका रुपमा नलिन नगरबासीलाई आग्रह गर्नुभयो ।

एमाले वडाकमिटीका अध्यक्ष टोपबहादुर रोकाको अध्यक्षातामा भएको कार्यक्रममा एमाले वुद्धिजीवी परिषदका सदस्य जोगराज गिरी, एमाले जिल्लाकमिटी सदस्य टेकनाथ योगी, नेपाल प्रेस चौतारी दाङका सदस्य ओपेन्द्र बस्नेत, नेपाल निजामती कर्मचारी संगठनका सदस्य मदन बस्नेत, अश्वारा खानेपानी समितिका अध्यक्ष शिवहरी भण्डारी, महेन्द्र भण्डारी, तारा बहादुर बस्नेत, दिलाराम बस्नेत, एट स्टार क्लब तुलसीपुरका अध्यक्ष श्रिधर साहु र युवासंघ नेपाल तुलसीपुर-८ का अध्यक्ष ललित वलि लगाएत महिला नेतृ युवकलि भण्डारीले पार्टिलाई थप सुदृढ र संगठित बनाएर अगाडि बढाउनु पर्ने तर्फ सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

साथै अश्वारामा नवनिर्मित नवदुर्गा भगवति मन्दिर सँगै जोडिएको अश्वारा सामुदायिक बनको भवन हलमा तत्कालै जिल्ला कमिटि सदस्य टेकनाथ योगि र यसै वडाका शिक्षक दिलाराम बस्नेतको अगुवाईमा दैनिक प्रणायाम सहित योगाभ्यासको शुरुवात गर्ने र समाजवादी गाँउ निर्माणका लागि आवश्यक खाका तयार गरि कार्यान्वयनमा लैजान दिलाराम बस्नेतको नेतृत्वमा ५ सदस्यिय कमिटि गठन गर्दै पार्टिका नेता कार्यकर्ता, शुभचिन्तक, र सम्पुर्ण नेपाली जनमा विजया दशमिको उपलक्ष्यमा शुभकामना प्रदान गर्ने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार
प्रतिक्रिया