२०८३ कार्तिक १६ गते सोमवार

१८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने मुस्ताङ दोस्रो जिल्ला बन्यो

काठमाण्डौ,२० साउन । मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने दास्रो जिल्ला बनेको छ । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो । मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २१३ नागरिकलाई पनि खोप दिइएको भण्डारीले बताउनुभयो ।

योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५१३ रहेको छ । भण्डारीका अनुसार जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७२१, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३२० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४७२ जना छन् । भण्डारीका अनुसार मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए । मुस्ताङमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो । त्यसैगरी यो भन्दा पहिले १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो ।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।