२०८३ कार्तिक १९ गते बिहिवार

बलियो पुर्वाधार निर्माणका लागि बबईमा डकर्मीलाई तालिम

हापुरे, १३, पुस/गुणस्तरिय भौतिक पुर्वाधार निर्माण गर्न बबई गाउँपालिकामा रहेका डकर्मीलाई सात दिने तालिम दिन सुरु गरिएको छ । बबई गाउँपालिकाको पुर्वाधार विकास शाखाको आयोजनामा तालिम सुरु भएको हो ।

परम्परागत रुपमा निर्माणका काममा संलग्न रहेका डकर्मीहरुलाई तालिम दिन सुरु गरेको ईञ्जीनियर राजेश देवकोटाले जानकारी दिए  । तालिम मार्फत् घर तथा अन्य विकास निर्माणका काममा सहयोग पुग्ने देवकोटाले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले  गरेका थिए । सहरी क्षेत्रका रुपमा हापुरे क्षेत्रको विकास हुन लागेको भन्दै डकर्मीलाई दिन लागिएको तालिम फलदायी हुने अपेक्षा गरे । यस्तै कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्माले आयोजकको लक्ष्य अनुसार डकर्मी तालिम लिन सहभागीलाई आग्रह गरिन ।

पालिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भुकम्प प्रविधी समाजका तर्फबाट ईञ्जीनियर रबिन्द्र बोहराले स्वागत गरेका थिए भने सहजीकरण ईञ्जीनियर राजेश देवकोटाले गरेका थिए ।

तालिम सात दिनसम्म चल्ने छ  ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।