२०८३ असोज ७ गते बुधवार

बिजौरी र तुलसीपुरमा मोटरसाईकल दुर्घटना

तुलसीपुर, ३ कार्तिक /तुलसीपुरको बिजौरी र राप्ती बबई क्यम्पस रोडमा भएका मोटरसाईकल दुर्घटनामा एक बालीका सहित २ जना घाईते भएका छन् ।

गुम्राह चोकबाट राप्ती बबई क्याम्पस रोड तर्फ जाँदै गरेको आरटिआरको अन्टेष्ट मोटरसाईकलाई विपरित दिशबाट आइरहेको रा५प १८८४ नम्बरको स्कुटीले ठक्कर दिदा गुम्राह चोक निबासी २० बर्षका अंकित रजौरे घाईते भएका छन् ।

त्यसैगरी बिजौरबाट मानपुर जाँदै गरेको प्रदेश नं. २०३००प १८७८ नम्बरको मोटरसाईकलले बिजौरी डाँडामा ठक्कर दिदा सोही ठाउँकी ढाई बर्षकी बर्षा रजौरे घाईते भएकी छन् । घाईते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

फाइल फाेटाे 
प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।