२०८३ असोज ६ गते मङ्गलवार

सल्यानमा दुई महिनामै ३१ सवारी दुर्घटना, ७ जनाको मृत्यु, ४९ घाइते

फोटो फाईल

दाङ, ६ असोज । सल्यानमा पछिल्लो दुई महिनाको अवधिमा सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार साउन र भदौ महिनामा गरी जिल्लाका विभिन्न स्थानमा ३१ वटा सवारी दुर्घटना भएका हुन् । ती दुर्घटनामा ७ जनाको मृत्यु भएको र ४९ जना घाइते भएका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक जयराम घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन महिनामा मात्रै भएका सवारी दुर्घटनामा १९ जना घाइते भएका थिए । यस्तै, भदौ महिनामा भएका दुर्घटनामा ७ जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन् । दुई महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटसल्यानमा दुई महिनामै ३१ सवारी दुर्घटना, ७ जनाको मृत्यु, ४९ घाइते भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार १७ वटा मोटरसाइकल, ५ वटा जिपरकार, ४ वटा अटो, २ वटा फोर्स गाडी, २ वटा ट्रक र एउटा स्काभेटर दुर्घटनामा परेका छन् । यसैबीच, ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने ४३२ जना चालकलाई कारबाही गरेको छ । कारबाहीबाट दुई महिनामा ३ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी नायव निरीक्षक घर्तीले बताउनुभयो । साउन महिनामा २१४ वटा सवारी साधनलाई कारबाही गर्दा १ लाख ८८ हजार रुपैयाँ र भदौमा २१८ वटा सवारी साधनलाई कारबाही गर्दा २ लाख २ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।