तुलसीपुर,७ असोज । नेपाली काँग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाह निर्विरोध निर्वाचित हुनु भएको छ । बुधवार भएको पालिका अधिवेशनमा सभापतीमा उहाको मात्रै एकल उमेदवारी परेको हो । शाह तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्षसमेत हुनुहुन्छ । उहाँ २०७४ र २०७९ को स्थानिय तहको निर्वाचनमा लगातार दुई पटक वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै अन्य पदाधिकारीहरुमा पनि प्रत्येकमा एक जनाले मात्रै उमेदवारी दर्ता गराएका छन् । नगर सचिव बिमल पौडेलले दिएको जानकारी अनुसार उपसभापतीमा ओम वली र महिला उपसभापतीमा कालिका रोकाले मात्रै उमेदवारी दर्ता गराउनु भएको छ ।
वली वडा नम्वर ७ बाट र रोका वडा नम्वर १९ बाट उमेदवारी दिनु भएको हो । यस्तै सचिवमा वडा नम्वर ६ का मदन खत्रीले उमेदवारी दिनु भएको उहाले जानकारी दिनु भएको छ । उहाका अनुसार प्रत्येक वडाबाट एक जना पुरुष र एक महिला गरी दुई जना सदस्य रहने व्यवस्था छ भने दलित क्लष्टरबाट दुई जना सदस्य रहने छन् । यस्तै ३५ वर्ष मुनिका महिला र पुरुष गरी दुई जना चयन गरिने छ । कोषाध्यक्षमा भने पनि निर्वाचित सभापतिले सदस्यहरु मध्येबाटै मनोनित गर्ने प्रावधान रहेको छ । सवै पदाधिकारीमा एकल उमेदवारी परेको हुँदा विहिवार मात्रै घोषणा गरिने सचिव पौडेलले जानकारी दिनुभयो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।