२०८३ भाद्र २७ गते शनिवार

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

फोटो फाईल

दाङ, २७ भदौ । सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ६, का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका- ५, का अन्दाजी १८ वर्षीया विपना बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीका अनुसार आज शनिबार बिहान सिम्क भन्ने ठाउँबाट लुहामबाट दाङ तर्फ आउदै गरेको लु‍.प्र.०२–००१ ज००५ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटरभन्दा तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।

दुर्घटनामा परी त्रिवेणी गाउँपालिका ५ सिम्ख बस्ने वर्ष २४ का भुपाल पुन, सोहि ठाउँका २९ बर्षिय पारस बोहरा, , ५० बर्षिय डिल्ली बहादुर वली र वडा नम्वर ६ बस्ने ४२ बर्षिया लालमति बुढाथोकी घाईते भएका छन् । घाइते ४ जनालाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार पश्चात थप उपचारको लागी दाङ घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।