फोटो फाईल
तुलसीपुर, ७ असोज । दाङ जिल्ला उद्योग बाणिज्य संघको यहि असोज ११ गते हुने भनिएको निर्वाचन हाललाई स्थगन हुने भएको छ । संघका अध्यक्ष बसन्त जोसीले निर्वाचन समितिका संयोजक मणिराज आचार्यलाई पत्रचार गर्दै निर्वाचन स्थगन गर्न आग्रह गर्नुभएको थियो । उहाले जिल्ला प्रशासन कार्यालय दाङको मिति २०८३/६/७ गतेको निर्वाचन सम्बन्धी पत्र प्राप्त भए अनुसार हाललाई निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिनु भएको छ ।
संघको निर्वाचन समितिका तत्कालिन संयोजक रेवतीरमण भट्टराई नेतृत्वको समितिले राजीनामा दिएपछि निर्वाचन समिति पुर्नगठन गरिएको थियो । संघको कार्यसमिति बैठकले बार एशोसियसनका अध्यक्ष मणिराज आचार्य (मौसम)को संयोजकत्वमा तिन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । तर उम्मेदवारी दर्ताको विषयलाई विवाद देखीएपछि समस्या उत्पन्न भएको हो ।
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।