तुलसीपुर, ३१ भदौ । जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी दुःखमा परेका परिवारको सहारा बन्ने उद्देश्यले युवा व्यवसायी तथा समाजसेवी सन्तोष कुमार खड्काले दुई पीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ।
रसुवाको भोटेकोशी–टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीमा परी बागचौर नगरपालिका–८, गैरागाउँ निवासी प्रमिला बुढाथोकी बस्नेतको निधन भएको थियो। यसअघि नै उहाँका श्रीमान स्वर्गीय गोविन्द बस्नेतको कोभिड–१९ का कारण निधन भइसकेको थियो।
आमा–बुबा दुवै गुमाएपछि उनीहरूका दुई अबोध छोरा सुशान्त र सुजित अहिले अभिभावकविहीन बनेका छन्। उनीहरूको शिक्षा, पालनपोषण तथा उज्ज्वल भविष्यका लागि सञ्चालन भइरहेको सहयोग अभियानमा खड्काले आफ्नो जन्मदिनको अवसर पारेर रु ५ हजार १ सय सहयोग गर्नुभएको हो।
त्यसैगरी, रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका बागचौर नगरपालिका–१० निवासी आयुष खड्काको परिवारलाई पनि उहाँले रु। ५ हजार १ सय आर्थिक सहयोग प्रदान गर्नुभएको छ। रसुवाको क्वारेन्टाइनमा कार्यरत रहँदा बाढीमा परी आयुषले ज्यान गुमाएका थिए।
दुःखमा परेका परिवारको शिक्षा, पालनपोषण र भविष्य निर्माणका लागि सञ्चालन भइरहेको अभियानमा सहयोगी हातहरू थपिँदै जाँदा अभिभावकविहीन बालबालिकाको भविष्य सुरक्षित बनाउन थप बल पुग्ने विश्वास गरिएको छ।एको छ। रसुवाको क्वारेन्टाइनमा कार्यरत रहँदा बाढीमा परी आयुषले ज्यान गुमाएका थिए।सहयोग गर्दै खड्काले जन्मदिनको खुसी पीडित परिवारसँग बाँड्नु नै सामाजिक उत्तरदायित्व भएको सन्देश दिनुभएको छ।
खड्का तुलसीपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष, दाङ जिल्ला विद्युत व्यवसायी संघका महासचिव तथा कपिल ट्रेडर्सका सञ्चालक हुनुहुन्छ। सफल व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आउनुभएका खड्काको यो सहयोगले विपत्तिमा परेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।