२०८३ असोज २ गते शुक्रवार

ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

फोटो फाईल

काठमाडौँ, २ असोज । ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका –०९ राघवपुरस्थित सडकखण्डमा ढुङ्गा लोड गरी मानेभञ्ज्याङतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राघवपुरस्थित मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा लु ४ त १६७२ नम्बरको ट्याक्टर ढुङ्गा लोड गरी मानेभञ्ज्याङतर्फ जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट प्र.ना.नि.खुदु मुर्मु र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा खटिएको प्रहरी टोली उद्दार कार्यमा खटिएका थिए।

दुर्घटनामा ट्याक्टरमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका –०८ बस्ने २० वर्षीय नवीन पुलामी मगर र सोही ठेगाना भएका ६२ वर्षीय छबिलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टरमा सवार सोही ठाउँका २९ वर्षीय तुलसी थापा मगर, २८ वर्षीय भीमबहादुर सार्की र ट्याक्टर चालक २५ वर्षीय मिलन राई सकुशल रहेका छन् । दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।