तुलसीपुर, १७ असोज । तुलसीपुर ८ अश्वारामा रहेको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २३ औँ बार्षिक साधारणसभा आज अश्वारामा सम्पन्न भएको छ । समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षता एवं राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई महासंघ नेपालका केन्द्रिय अध्यक्ष खेमराज वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि वलीले स्वच्छ र शुद्ध खानेपानी उपभोक्ताहरुको घरसम्म सहज रुपमा आपुर्ति गर्नुपर्नेमा जोड दिनु भएको छ । साथै उहाले हरेक उपभोक्ताहरुको मागलाई मध्येनजर गर्दै स्वच्छ र सर्वसुभल खानेपानीको पहुँचलाई विस्तार गर्नुपर्ने बताउनु भएको हो । सो अवसरमा कोषाध्यक्ष होम बहादुर डाँगीले आर्थिक प्रतिवेदन र सचिव दोर्ण बहादुर आचार्यले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समितिका सहसचिव सिर्जना शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत,वडा सदसय हस्त बहादुर विक, अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष टेकनाथ कुँवर , मायालु टोल विकास संस्थाका अध्यक्ष सहिराम चौधरी, एट स्टार युवा क्लवका अध्यक्ष श्रीधर शाहु र अश्वारा मावी शिक्षक अभिभावक संघका सदस्य तारा बहादुर बस्नेत लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सचिव सहजीकरण दोर्ण बहादुर आचार्य र कार्यालय सचिव गंगाराम बस्नेतले गर्नुभएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।