सल्यान,१० असोज । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानीजस्तो नागरिकको मौलिक अधिकारका क्षेत्रमा उपभोक्ताबाट ३० प्रतिशत लगानी मागिनु न्यायोचित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
खलंगा सितलपाटी खानेपानी उपभोक्ता संस्थाको १०औँ साधारणसभालाई शुक्रबार सल्यानमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सडक तथा भवन निर्माणका लागि जनताबाट अतिरिक्त लगानी माग्ने नगरिए पनि खानेपानीजस्तो आधारभूत अधिकारसँग जोडिएको सेवाका लागि उपभोक्ताबाट ३० प्रतिशत लगानी मागिनु न्यायोचित नभएको उहाँको भनाइ थियो ।
सो अवसरमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले नगरपालिकाले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले खानेपानी क्षेत्रका लागि एक अर्ब रुपैयाँभन्दा बढी बजेट ल्याउन नगरपालिका सफल भएको जानकारी दिँदै विकास निर्माणका काममा आमनागरिकको सकारात्मक सोच र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । साधारणसभा संस्थाका अध्यक्ष केशव बुढाथोकीको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।