दाङ,२४ कात्तिक । यस वर्षको भाइटीकाको दिन देशका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बुधबार ९कात्तिक २५ गते० दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेस तथा कोसी प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार सोमबार ९कात्तिक २३ गते० रुकुम पूर्वमा मध्यमसम्मको वर्षा भएको थियो। हिमाली क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा भएको उनले बताए।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले पनि भाइटीकाको दिन केही स्थानमा हल्का वर्षा हुन सक्ने बताएका छन्। भाइटीकाका दिन टीका लगाउन तथा आवतजावत गर्ने योजना बनाएकाहरूले सम्भावित मौसम परिवर्तनलाई ध्यान दिनुपर्ने देखिएको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।