फोटो फाईल
काठमाडौ, २ मंसीर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आज काठमाडौमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।
आफ्नो गिरफ्तारी र संभावित गिरफ्तारीबारे लामै चर्चा गरेका अध्यक्ष ओलीले लाखौंको संख्यामा एमाले सडकमा उत्रने चेतावनी दिनुभएको छ । अहिलेको दुई तिहाई सरकार जनताको काम भन्दा पनि राजनितिक प्रतिशोध साधेर आफनो दल र नेताहरु माथी दमन र जवरजस्ती कानुन लाद्न खोजेको आरोप लगाउदै उहाले सरकारको अत्याचार अब सहेर बस्ने अवस्था नभएको भन्दै आन्दोलनका लागी तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
प्रकाशित मिति : २०८३ मङ्सिर २ गते बुधवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।