मानव सभ्यताको विकाससंगै मानिसले समयलाई बुझ्ने प्रयास गर्दै आएको देखिन्छ । जब मानिसले सूर्य, चन्द्रमा र ताराहरूको चाल नियाल्न थाल्यो, त्यही क्षणबाट खगोलशास्त्र (ब्कतचयलयmथ) को शुरुवात भयो। आकाशका ग्रह–नक्षत्रहरूको गति अध्ययन गरेर मानिसले खेतीपाती गर्ने समय, ऋतु, पर्व–उत्सव र शुभ–अशुभ घडीहरू पत्ता लगायो। यही अध्ययनबाट पछि ज्योतिषशास्त्र (ब्कतचययिनथ) को जन्म भयो, जसले ग्रह–नक्षत्रहरूको प्रभाव मानिसको जीवनसँग कसरी सम्बन्धित छ भन्ने बुझाउँन थाल्यो। यसका लागि प्राचीन ऋषि–मुनीहरूले समयलाई अति सूक्ष्मदेखि अति विशाल तहसम्म विभाजन गरे ।
समयका सुक्ष्मतम एकाइहरु :
६० त्रुटी = १ अणु
६० अणु = १ विपल
६० विपल = १ सेकेन्ड
६० सेकेन्ड = १ मिनेट
६० मिनेट = १ घण्टा
२४ घण्टा = १ दिन
७ दिन = १ हप्ता (सात वार)
१५ तिथि = १ पक्ष (शुक्ल वा कृष्ण पक्ष)
२ पक्ष = १ महिना
२ महिना = १ ऋतु (वर्षमा ६ ऋतु)
६ महिना = १ अयन (उत्तरायण र दक्षिणायण)
१२ महिना = १ संवत्सर
समयका विशालतम एकाइहरूः
१ युग = सत्य, त्रेता, द्वापर, कलियुग
१ महायुग = ४३ लाख वर्ष
१ मन्वन्तर = ७१ महायुग = करिब ३० करोड वर्ष
१ कल्प = १४ मन्वन्तर = ४.३२ अर्ब वर्ष जसलाई ब्रह्माको एक दिन मानिन्छ । वास्तवमा खगोलशास्त्र ग्रह–नक्षत्र र ब्रह्माण्डका वस्तुहरूको गति अध्ययन गर्ने वैज्ञानिक शास्त्र हो । ज्योतिषशास्त्र ती गति र ग्रहस्थितिले मानिस र प्रकृतिमा पार्ने प्रभाव बुझाउने दार्शनिक शास्त्र हो। अर्थात्, खगोलशास्त्रले “कसरी चल्छ ?” भन्छ भने ज्योतिषशास्त्रले “किन र के असर पार्छ ?” भनेर उत्तर दिन्छ।
जहाँ सम्म समयको कुरा छ यो कहिल्यै रोकिँदैन ,यो निरन्तर बगिरहेको नदीजस्तै हो। फूल फुल्छ, ओइलाउँछ, फेरि फुल्छ। त्यसैले भनिन्छ जो व्यक्ति समयसँग ताल मिलाउँछ, उसले जीवनसँग संघर्ष गर्न पर्दैन। समय बुझ्नु भनेको अतीतबाट सिक्नु, वर्तमानमा सचेत रहनु र भविष्यका लागि जिम्मेवार निर्णय लिनु हो। समय केवल घडीको सुई होइन, यो जीवनको लय हो । जसमा ब्रह्माण्ड र हाम्रो अस्तित्व दुवै चलिरहेका छन् । समयलाई सम्मान गर्नु भनेको आफ्नै जीवन र पृथ्वीमातालाई सम्मान गर्नु हो। जय बोलो पृथ्वी माताकी – जय !!!


