२०८२ कार्तिक २० गते बिहिवार

अमर माविले गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ ।  तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई टिका,माला लगाई स्वागत गरिएको हो । कक्षा १२ का छात्रा टोपा कुमारी कंवरको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष होताराम बस्नेतको प्रमुख आतिथ्यता एवं प्रधानाध्यापक पदम बहादुर वलीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले शिक्षा विना जिवन अन्धकार हुने भएकोले कम शुल्कमा आफ्नै ठाउमा पढेर सुन्दर भविष्यमा निर्माणमा लाग्नका लागि शुभकामना ब्यक्त गरेका थिए । यस्तै विशिष्ठ अतिथी विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले ग्रामिण भेगमा अवस्थित यस विद्यालयलाई अझ उत्कृष्ट बनाउनको लागि विद्यार्थी,शिक्षक तथा अभिभावकको जिम्मेवारी रहेको बताएका थिए ।

छात्रा सन्ध्या गाहाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मा।वि। कोर्डिनेटर यज्ञ बहादुर अधिकारी,आ।वि। कोर्डिनेटर निर्मल कुमार वली, शिक्षक झरना रजौरे,विद्यार्थी सुनिता बाँठा लगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा १२ का छात्रा निकिता विकले गरेकि थिईन ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया