२०८२ कार्तिक २० गते बिहिवार

तुलसीपुरमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धि सरोकारवालाहरुसँग छलफल

तुलसीपुर, २० कात्तिक ।  दाङको तुलसीपुरमा पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा सम्बन्धि सरोकारवालाहरुसँग छलफल गरिएको छ । ‘‘पोषण मार्फत जीवन रुपान्तरण परियोजना’’ अन्र्तगत ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालासँग वैठक तथा छलफल कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अहिलेकै अवस्थाबाट सुधार गर्दै अगाडी बढे पोषणको अवस्था सुधार गर्न सकिने बताउनुभयो । आमा समुह, बिद्यालयका शिक्षक, शिक्षिका, टोल विकास संस्थालगाएतलाई सक्रिय रुपमा परिचालन गरि यसमा काम गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

यसैगरी उपमेयर स्यानी चौधरीले विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा काम गरिरहेको जानकारी गराउनुभयो । समयसँगै अगाडी बढ्न नसकेपनी पाँच बर्षे कार्यकालमा सकारात्मक काम गर्ने उदेश्यका साथ लागीरहेको उहाँले बताउनुभयो । यसैगरी प्रमुख प्रशासकिय अधिकृत केशबराज पार्धेले पोषणको अवस्था कमजोर हुदा विभिन्न किसिमका समस्या उत्पन्न हुने बताउनुभयो । कुपोषण भएपछी स्मरण शक्ति कमजोर हुने र पढाई लेखाईमा प्रगती गर्न नसक्ने हुदा पछी गलत बाटो रोजेर अपराधिक घटनासम्म हुनसक्ने बताउनुभयो । स्वस्थ मानिसले मात्रै सहि निर्णय गर्न सक्ने भन्दै उहाँले स्वास्थ्यको विकासलाई नै पहिलो प्राथामिकता दिनुपर्नेमा जोड दिनुभयो । बेस संस्थाले दाङ जिल्लामा ५ बर्षे परियोजनाअन्र्तगत स्वास्थ्य क्षेत्रमा काम गरिरहेको संस्थाका कार्यक्रम संयोजक सुरेश चौधरीले बताउनुभयो । आज एक बर्षे उपलब्धी सार्वजनिक गर्दै उहाँले अहिले पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको जानकारी गराउनुभएको छ ।

कार्यक्रममा बेस संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरीले पाँच बर्षे परियोजना भएपनि उदेश्य अनुसारको उपलब्धि हासिल नभए बिचमै कार्यक्रम फिर्ता हुनसक्ने बताउनुभयो । नगरपालिकामा रहेका स्वास्थ्य क्षेत्रका कर्मचारीसँग समन्वय गरी काम गर्नुपर्ने भएकाले सोही अनुसार सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । कार्यक्रमम तुलसीपुरका मेयर, उप–मेयर, प्रमुख प्रशासकिय अधिकृतसहित स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, जनस्वास्थ्य निरीक्षक बिमल केसी, सूचना अधिकारी यज्ञ केसी, अन्य शाखा प्रमुख, सबै वडाका वडाअध्यक्ष अथवा प्रतिनिधि पत्रकारलगाएतको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया