२०८३ मङ्सिर ८ गते मङ्गलवार

कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापति बने रोज राणा

दाङ,८ मंसिर ।  नेपाली कांग्रेसको देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन हुनुभएको छ। दाङको देउखुरीस्थित पाखापानीमा सोमबार राति सम्पन्न समूहको दोस्रो प्रदेश अधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो। देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले थापा सभापतिमा चयन हुनुभएको जानकारी दिनुभयो।

प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित थापाले प्रदेश सरकारमा दुई पटक मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ पहिलो पटक यातायात मन्त्री र दोस्रो पटक शहरी विकास मन्त्री बन्नुभएको थियो। यसअघि उहाँले नेपाली कांग्रेस प्यूठानको क्षेत्रीय सभापतिका रूपमा दुई कार्यकाल नेतृत्व गरिसक्नुभएको छ।

थापाको नेतृत्वमा लुम्बिनी प्रदेशमा देउवा समूहको संगठन थप मजबुत र सुदृढ हुने विश्वास नेताहरूले व्यक्त गरेका छन्। अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यसमेत सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ। अधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, डा. प्रकाशशरण महत, रामजनम चौधरी, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, भूपेन्द्र राई, केदार कार्की, जीतबहादुर शेरचन र मेखलाल श्रेष्ठलगायतका नेताहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।