२०८२ कार्तिक २० गते बिहिवार

दाङमा भन्सार छलेर ल्याएको कपडा भेटियो

तुलसीपुर, १६ कात्तिक । दाङमा भन्सार छलेर ल्याएको कपडा वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ । लमही नगरपालिका–९ अमिलिया नजिकै पूर्व–पश्चिम राजमार्गको उत्तर किनारमा हिजो शनिबार अपरान्ह साढे ४ बजेतिर प्लास्टिकको बोरामा राखिएको कपडा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार लेडिज कुर्ता–सुरुवाल १११ थान र लेडिज सुरुवाल ६ थान अनुमानित मूल्य एक लाख चार हजार रुपैयाँ बराबरको रहेको छ । बिलबिजक नभएको र सो कपडामा हकदाबी गर्ने कोही पनि नआएपछि बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोईलाबास दाङ पठाइएको डिएसपी शाहले बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया