दाङ,२० कात्तिक । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा भएका आगलागीका घटनामा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । यस्तै आगलागीमा परी २० चौपाया मरेका छन् । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा धेरै ४२ वटा आगलागीका घटना भएका छन् ।
यस्तै मधेशमा ४०, बागमतीमा नौ, गण्डकीमा १८, लुम्बिनीमा ३०, कर्णालीमा १२ र सुदूरपश्चिममा १८ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यस्तै काठमाण्डौ उपत्यका आगलागीका १६ वटा घटना भएका छन् । आगलागीबाट ५३ घर र १९ गोठमा क्षति पुग्दा १० जना विस्थापित भएका प्रहरीले जनाएको छ । आगलागीका घटनाबाट एक महिनामा पाँच करोड १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस अवधिमा एक हजार तीन सय ३० जना प्रहरी परिचालन भएका छन् ।
प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार


