२०८२ कार्तिक २१ गते शुक्रवार

आज सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,२० कात्तिक । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ९० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया