२०८२ कार्तिक २१ गते शुक्रवार

राप्ती शान्ति उद्यान र श्रीगणेस वनमा नेतृत्वको घमासान

फाइल फाेटाे

तुलसीपुर, २० कात्तिक । पर्यटकीय क्षेत्रका रुपमा परिचित राप्ती शान्ति उद्यान र त्यसको माउँ संस्था श्री गणेस सामुदायिक वन समूहको नेतृत्व कसले हत्याउने भन्ने होडबाजी चलेको छ । श्रीगणेस सामुदायिक वनमा १३ जना र पार्कमा ९ जनाको कार्यसमिति रहने व्यवस्था भएपनि विभिन्न पदका लागि ५० जनाको उम्मेदवारी परेको छ । श्रीगणेस सामुदायिक वनको अध्यक्ष पदका लागि ६ जना र राप्ती शान्ति उद्यानमा २ जनाको उम्मेदवारी परेको हो ।

राप्ती शान्ति उद्यानमा अध्यक्ष पदका लागि सुधिर केसी र खेतु भण्डारीको उम्मेदवारी परेको छ भने श्रीगणेस सामुदायिक वनमा डिल्लीराज भण्डारी, लिलाधर बिक, बामदेव भण्डारी, लोकमणी पोख्रेल, कमल पोख्रेल र यमलाल पराजुलीको उम्मेदवारी परेको छ । श्रीगणेस सामुदायिक वनमा उम्मेदवारी दिएका ६ जना मध्य डिल्लीराज भण्डारी रााप्ती शान्ती उद्यानका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

विभिन्न पदका लागि उम्मेदवारी परेपनि उम्मेदवारी फिर्ताको समय भने कात्तिक २३ गतेसम्म तोकिएको निर्वाचन समितिका संयोजक लेवेन्द्र केसीले जानकारी दिनुभयो । नया नेतृत्व छनौटका लागि कात्तिक २९ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । श्रीगणेस सामुदायिक वनमा ४ सय ६९ जना मतदाता संख्या रहेका छन् । राप्ती शान्ति उद्यान, सामुदायिक वन मातहत पर्ने भएकाले तीनै उपभोक्ताले वन समूह र पार्कको समितिका लागि मतदान गर्ने छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया