२०८३ साउन ३१ गते आइतवार

अश्वारा सामुदायिक वनमा सामूहिक छलफल, वनलाई उद्यम र रोजगारी संग जोड्न साझा प्रतिबद्धता

फोटो फाईल

तुलसीपुर, ३० साउन । तुलसीपुर ८ मा रहेको अश्वारा सामुदायिक वन उपभोक्ता समुहको बैठक शनिवार अश्वारामा सम्पन्न भएको छ । वन समुहका अध्यक्ष हिमा डाँगीको अध्यक्षतामा बसेको बैठकमा सामुदायिक वनको आगामी कार्ययोजना, विधान संशोधन तथा संस्थासँग सम्बन्धित विविध विषयमा महत्वपूर्ण छलफल गरिएको छ । साथै सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो विकाससँग सम्बन्धित विभिन्न विषयमा छलफल गरी वन उद्यम र रोजगारी संग जोड्नु पर्नेमा सवैले साझा प्रतिवद्धता जनाएका छन् ।

विभिन्न टोलका अध्यक्ष,खानेपानीका अध्यक्ष , बुद्धिजीवी,उपभोक्ता र सरोकारवालाहरुको सहभागीता रहेको बैठकले सामुदायिक वनलाई आर्यआर्जन र उत्पादनमुलक बनाएर रोजगारी संग जोड्नु पर्नेमा छलफल भएको अध्यष डाँगीले जानकारी दिनुभयो । सामुदायिक वन केवल वन संरक्षण गर्ने संस्था मात्र नभई समुदायको साझा सम्पत्ति, जिम्मेवारी र भविष्यसँग जोडिएकाले दिगो विकास र व्यवस्थापनमा सबैको सहकार्य, सहभागिता र सकारात्मक भूमिका आवश्यक रहेकोमा जोड दिईएको छ। साथै सामुदायिक वनलाई व्यवस्थित, पारदर्शी, जिम्मेवार र प्रभावकारी ढङ्गले अगाडि बनाउन सवैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया