२०८३ भाद्र २५ गते बिहिवार

भाद्र २३ र २४ को घटनाको प्रवृत्ति एउटै हो ?

फोटो फाईल

वि.स.२०८२ भाद्र २३ र २४ को घटनाको प्रकृति के एउटै हो ? जेन्जी समुहले गरेको आन्दोलनको सन्दर्भ भाद्र २४ को कुरा गर्नेले २३ को कुरा गर्न पर्दैन ? नागरिक समाजका सचेत, बौद्धिक र पढेलेखेका व्यक्तित्वहरूबाट सुनिन्छ, २०८२ भाद्र २४ गतेका घटनाका दोषीलाई मात्र होइन, २३ गतेका घटनाका दोषीलाई पनि कारबाही हुनुपर्छ।” खोइ, कारबाही भएको ? जरुर, हामी पनि जोडदार रूपमा यही प्रश्न गर्छौं। तर न्यायको माग गर्दा घटनाको प्रकृति, कारण र जिम्मेवारीलाई पनि निष्पक्ष ढंगले केलाउनुपर्छ।

प्रदर्शनका नाममा निर्दोष स्कुले बालबालिकालाई विद्यालय पोसाकमै सडकमा उतार्ने, उनीहरूलाई उत्तेजित र हिंसात्मक परिस्थितिको बीचमा धकेल्ने, “राज्यका संरचना जलाए पनि केही हुँदैन” भन्ने दण्डहीनताको मानसिकता विकास गर्ने, राज्यको संवेदनशील महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तथा आगजनी र तोडफोडजस्ता गतिविधि गर्ने कामलाई सामान्य राजनीतिक प्रदर्शनको संज्ञा दिन मिल्दैन। त्यो सिधा सिधा उपद्रवकारी र आततायी क्रियाकलाप हो ।संसारको जुनसुकै देशमा त्यस क्रियाकलापमा संलग्न उपर कडा कारवाही गरिन्छ ।

यस्ता परिस्थितिमा सुरक्षाकर्मीमाथि समेत आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा अत्यन्त कठिन निर्णय लिनुपर्ने अवस्था सिर्जना हुन सक्छ। त्यसको परिणामस्वरूप कलिला बालबालिकासमेत ज्यान गुमाउन पुगेको पीडादायी घटना रहयो । त्यसैले प्रश्न स्पष्ट छ ? बालबालिकालाई कसले सडकमा ल्यायोरु कसले परिचालन गर्‍योरु कसले उत्तेजित बनायो ?  हिंसात्मक परिस्थिति सिर्जना गर्ने योजना र निर्णय कहाँबाट भयोरु यी सबै पक्षको निष्पक्ष, तथ्यपरक र स्वतन्त्र छानबिन हुनुपर्छ। दोषी जोसुकै होस्, राजनीतिक आवरण, पद वा प्रभावका आधारमा उन्मुक्ति दिनु हुँदैन। हामीलाई २३ गतेका दोषीलाई कारबाही चाहिन्छ, २४ गतेका दोषीलाई पनि कारबाही चाहिन्छ। तर न्याय प्रतिशोध होइन—तथ्य, प्रमाण र जिम्मेवारीका आधारमा हुनुपर्छ। बालबालिकाको मृत्यु राजनीतिक नाराको विषय होइन, राज्य र समाज दुवैलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य पार्ने दुःखद् प्रश्न हो।

लेखक : राम बहादुर जिसी ,तुलसीपुर ६ दाङ ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।