२०८३ भाद्र २२ गते सोमवार

कालापानी सामुदायिक वनको २३औँ वार्षिक साधारणसभा सम्पन्न

सिसहनियाँ, २१ भदौ । सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनलाई पर्यापर्यटनसँग जोड्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । कालापानी सामुदायिक वन उपभोक्ता समूहको आज आइतबार राप्ती गाउँपालिका–५, खौराहाबाबा कालापानीमा आयोजित २३औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भुसालले सामुदायिक वनलाई संरक्षणसँगै आयआर्जन र रोजगारीको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाले सामुदायिक वनभित्र रहेका सम्भावित पर्यटकीय क्षेत्रको विकाससँगै प्रभावकारी प्रचारप्रसार गर्न सके वन उपभोक्ता समूहका लागि आम्दानीको महत्वपूर्ण स्रोत बन्न सक्ने बताउनुभयो । समूहका अध्यक्ष श्यामा रावतको अध्यक्षतामा कार्यक्रममा सचिव घनिराम पोख्रेलले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शोभाखर आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समूहका उपाध्यक्ष विष्णुप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सब–डिभिजन वन कार्यालय राप्तीका वनरक्षक निर्मल नेपाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मदन पोख्रेल तथा उपभोक्ताहरू गीता चौधरी र रामप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा खौराहाबाबा पर्यटकीय तथा धार्मिक स्थलमा आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा दुई कोठे पक्की भवन निर्माण गरेको भन्दै सिसहनियाँ निवासी रामप्रसाद पौडेललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।