दाङ, १० भदौ । जिल्ला प्रशासन कार्यालय दाङले रसुवाको भोटेकोशी नदीमा आएको बाढिका कारण सम्पर्क विहिन भएका दाङका नागरिकहरुको नाम सार्वजनिक गरेको छ । प्रशासनले रसुवा तथा नुवाकोटमा कामको सिलसिलामा त्यहाँ गएका नागरिकहरु सम्पर्कविहीन भएपछि खोज तथा उद्धारको लागी अपिल सहित नामहरु सार्वजनिक गरेको छ । कार्यालयले विभिन्न क्षेत्रमा मजदुरी रुपमा काम गर्दै आएका नागरिकहरुको नाम सार्वजनिक गरेको हो ।
जसमा कोपिला के.सी. ( दाङ तुलसीपुर हाल स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा, खम्बु बोहोरा तुलसीपुर हाल स्यार्पुबेसी स्वास्थ्य चौकी रसुवा, शिव शङ्कर जोशी -(तुलसीपुर हाल मैलुङ हाइड्रो पावर, रसुवा, प्रमिला बुढाथोकी (सल्यान घर भई हाल दाङ तुलसीपुर ९, हाल टिमुरे हाइड्रो पावर, रसुवा, शोभाराम योगी -(तुलसीपुर हाल फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट, लाल बहादुर रोका (सम्पर्क नं ९८४४९९३५९४० – तुलसीपुर १३, डाँडागाउँ र दमारगाउँ, हाल फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट, गोपीलाल रोका (सम्पर्क नं. ९८६६३०३८२८० – दाङ तुलसीपुर १३, दमारगाउँ, हाल फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट, नारायण अधिकारी (दाङ तुलसीपुर १३, दमारगाउँ, हाल फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट, ध्रुव बहादुर बुढामगर (रोल्पा घर भई हाल दाङ तुलसीपुर ६, ठेक्कापट्टा तथा कामको सिलसिलामा रसुवा र नुवाकोट, पूर्ण बहादुर बस्नेत बर्ष ४६ का सम्पर्क नं. ९८४७८६५३५६० – दाङ तुलसीपुर १९, दोघरे, हाल रसुवामा रहेको कार्यालयले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
साथै कार्यालयले कुनै जानकारी वा सम्पर्क भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न आग्रह समेत गरेको छ । कार्यालयले आपतकालिन नम्वर १२३४ ,प्रमुख जिल्ला अधिकारीको नम्वर ९८५७८०७७७७ र जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख ९८५७८०५५५५ नम्वर सार्वजनिक गरेको छ ।





