२०८३ भाद्र १३ गते शनिवार

दाङमा बसको ठक्करबाट एक पैदलयात्रीकोे मृत्यु

  लमही, ६ कार्तिक । दाङको लमहीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे खोला निवासी ६६ वर्षिय रामप्रसाद भट्टराई रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहिवार दिउँसो १ बजे लमही नगरपालिका वडा ५ लमही स्थित दिदी गोमा देवि विडारीको हातबाट तिहारको टीका थापेर घर फर्किने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले पैदलयात्री भट्टराईलाई मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशन राज पाण्डेले जानकारी दिनुभयो । पैदलयात्रीलाई ठक्कर दिई फरार रहेको बस र चालकलाई राप्ती गाउँपालिकाको सिसहनियाबाट पक्राउ गरि नियन्त्रणमा लिएको छ ।।
प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।