२०८२ कार्तिक २० गते बिहिवार

३ महिनामा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन

रुपन्देही,२० कात्तिक । भैरहवा भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गएको साउनमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार रुपैयाँ, भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार रुपैयाँ र असोजमा नौ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ सङ्कलन भएको छ ।

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया