२०८२ कार्तिक २० गते बिहिवार

दाङमा एक लाख ३२ हजार सहित १२ जुवाडे पक्राउ

दाङ, ६ कात्तिक । दाङमा जुवातास खेलिरहेको अवस्थामा १२ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–७ सौडियारमा जुवा खेलिरहेको अबस्थामा १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहिबार बिहान साढे १ बजेतिर सौडियारका दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी टोलीले घरभित्र जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–७ शुक्रवारका ३१ वर्षको नेक बहादुर चौधरी, सोही ठाँउका ३६ वर्षका कमल चौधरी, ३० वर्षका एकराज चौधरी, २६ वर्षका सिताराम चौधरी, ३० वर्षका अमिस चौधरी, ३० वर्षका बिनोद चौधरी रहेका छन् । यस्तै घोराही–७ डबरगाउँका ३१ वर्षका शंकर चौधरी, सोही ठाँउका ३९ वर्षका कालुराम चौधरी, राजपुर बस्ने २२ वर्षका उज्वल चौधरी, घोराही– १५ बस्ने २१ वर्षका सुनिल बिष्ट, ३८ वर्षका बसन्त डिसी र २२ वर्षका टुकमान बिष्ट रहेका छन् ।

जुवाको खालबाट विभिन्न दरका नगद एक लाख ३२ हजार ५८० रुपैंया र १४ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया