तुलसीपुर, ७ कात्तिक । दाङको तुलसीपुरबाट पश्चिम जादै गरेको अटोबाट खसेर एक महिला गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका–५ निवासी अन्दाजी ५१ बर्षीया सिता कुमारी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको लु.प्र. ०२ ००१ ह १२९२ नम्बरको अटोमा सवार चौधरी तुलसीपुर र दंगीशरणको सिमानामा पर्ने बालापुर नजिकै संघारी चोकमा आज बिहान अन्दाजी १० बजेको समयमा अटोबाट एक्कासी खस्नुभएको हो ।
अटोबाट खसेर गम्भिर घाइते भएकी चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज लगिएको छ । चौधरी अटोको अगाडी चालकको सिटमा बसेका कारण घुम्तीमा अटोबाट खस्नुभएको हो । अटोसहित चालक शान्तिनगर–७ का ३४ बर्षीय दिपक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।


