तुलसीपुर,१५ असार ।
प्रदेश ५ सरकारले रुपन्देहीको सैनामैनामा रोपाईं महोत्सव गरेको छ । कृषि मन्त्रालयले रुपन्देहीको सैनामैनामा ८ बांसगढीमा विशेष रोपाईं महोत्सव गरेको हो । मुख्यमन्त्री शंकर पोखरेल,सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कृषि मन्त्री आरती पौडेल, प्रदेश सांसदहरु विष्णु पन्थी, भूमिश्वर ढकाल,दधिराम न्यौपाने, थानकुमारी थापा लगायतले स्थानीय महिला रोपाहारसंगै धान रोपेर रोपाईं महोत्सव उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई मानेर प्राथमिकताका साथ वजेट विनियोजन गरेको बताएका छन् ।
‘उता सल्यानका विभिन्न स्थानमा धान रोपेर दिवश मनाईएको छ । जिल्ला कृषि विकास कार्यलय सल्यान र जिल्ला स्थित विभिन्न संघसस्थाको सहकार्यमा शारदा नगरपालीका ६ बरलामा रहेका खेतमा धान रोपेर दिवस मनाईएको हो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।