२०८३ कार्तिक १४ गते शनिवार

पानीमा डुबेर एक जनाको मृत्यु

सांकेतिक फोटो

तुलसीपुर,४ पौष । पाल्पामा माछा मार्न गएको समयमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६ बिजयपुर बस्ने ३५ वर्षीय राजु पौडेलको घर नजिकै कुलोमा माछा मारी घर फर्किने क्रममा शनिबार ढिकबाट पानीमा खस्न पुग्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । पौडेललाई पानीमा लडेको अवस्थामा देखेपछि स्थानियहरुले घर परिवारलाई खबर गरी उपचारका लागि रामपुर अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।