फाईल फोटो
दाङ,२४ कात्तिक । दाङदेखि विराटनगर जादै गरेको यात्रुबाहक बस दुर्घटना हुदा १० जना बढि घाइते भएका छन । आज बुधबार दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । बस सडकबाट २० फिट तल खसेर आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनुभयो । सोहि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ४० बर्षीय भगवतीप्रसाद कर्ण र सहचालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।