२०८३ कार्तिक ११ गते मङ्गलवार

उखु किसानलाई दिएको भुक्तानीको विवरण पेश गर्न उद्योगीलाई सरकारको अल्टिमेटम

काठमाडौ, ३० मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई मंगलवार सम्मको समय दिएका छन् । उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका छन् ।

आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग वार्ता भएको र मंगलबार पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।उनका अनुसार १८ पुस २०७६ को सहमति अनुसार भएको भुक्तानीको प्रमाण पेश गर्न मन्त्रीले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।