तुलसीपुर, ६ कार्तिक / तुलसीपुर उपममहानगरपालिका–१८ को वडा कार्यालयले किसानहरुलाई निशुल्क रुपमा गहुँको बिउँ बितरण गर्न सुरु गरेको छ ।
बिउँ उत्पादन गर्ने उद्देश्यले प्रत्येक किसानलाई २० किलोका दरले आजदेखि बितरण सुरु गरेको वडाध्यक्ष माधव वलीले जानकारी दिए । पाँच बर्षमा उत्पादन गर्न सकिने उक्त गहुँको बिउँ वडामा रहेका १ सय ४५ जना किसानलाई बितरण गरिने वडाध्यक्ष वलीको भनाई छ । वडा कार्यालयले ४० कुईन्टल उन्नत जातको गहुँको बिउँ बितरण गर्ने छ ।
कृषीमा लगानी गरौं, समृद्धि र सुखी नेपाली बनौ भन्ने नाराका साथ किसानको माग अनुसार बिउँ बितरण गरिएको वडाका कम्प्युटर साह्यक कपिल लामीछानेले जानकारी दिए । गहुँमा आत्मनिर्भर बनाउने योजना सहित अघि बढेको वडाले यस अघि धान, मकै र तोरीको पनि बिउँ बितरण गरेको थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।