२०८३ कार्तिक ११ गते मङ्गलवार

दंगीशरणको कृषि शाखाबाट ४५.६१ प्रतिशत बजेट खर्च,कोभिडले योजना प्रभावित

दंगीशरण,१० भदौ । दंगीशरण गाउँपालिकाको कृषि शाखाले कृषी क्षेत्रमा आर्थिक बर्ष २०७६÷०७७ मा रु.३७ लाख ४० हजार ४ सय ७४ बजेट खर्च गरेको जनाएको छ । गाउँपालिका , शसर्त, वडा कार्यालय र मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमबाट प्राप्त कृषी क्षेत्रमा उक्त बजेट खर्च भएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सरु भुसालका अनुशार कृषि शाखाको १० लाख ६३ हजार ८ सय ८२ , वडा कार्यालयको १८ लाख ५३ हजार ९ सय ४४, ससर्त अनुदान कार्यक्रमको ३ लाख २५ हजार, मुख्य मन्त्री ग्रामीण विकाश कार्यक्रमको ४ लाख ९७ हजार ६ सय ४८ रुपैयाँ बजेट खर्च गरिएको छ । उक्त बजेट गाउँपालिकाको कृषि क्षेत्रलाई फस्टाउनका लागि लगानी गरिएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को कृषिका लागि विनीयनेजित कुल वजेटको ४५.६१ प्रतिशत बजेट खर्च भएको छ भने वडाले कृषिका लागि लगानी गर्न छुट्याएको बजेट मध्ये ६१.७९ प्रतिशत बजेट खर्च भएको छ । यस्तै ससर्तबाट अनुदानका लागि विनीयोजित बजेट मध्ये ४६.४२ प्रतिशत बजेट खर्च भएको छ भने मुख्य मन्त्री ग्रामिण बिकाश कार्यक्रम अन्र्तगत ७१.०९ प्रतिशत बजेट खर्च भएको कृषि शाखा प्रमुख सरु भुषालले जानकारी दिए ।

कृषि क्षेत्रका लागि गाउँपालिकाले २०७६÷०७७ मा ३८ लाख बजेट विनियोजन गरेको थियो । यस्तै वडा कार्यालयले ३० लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउँन सर्सत बाट ७ लाख बजेट विनियोजन गरेको थियो भने मुख्य मन्त्री ग्रामिण विकाश कार्यक्रम अन्र्तगत ७ लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाको कृषि शाखाको कुल बजेटमा ७.२० प्रतिशत बजेट खर्च हुन सकेको छैन भने वडाको ३८.२० प्रतिशत बजेट खर्च हुन सकेको छैन । यस्तै सर्सत तर्फको कुल बजेटमा ५३.५७ प्रतिशत बजेट खर्च हुन सकेको छैन भने मुख्य मन्त्री ग्रामिण बिकास कार्यक्रमको कुल बजेटमा २८.९० प्रतिशत बजेट खर्च हुन नसकेको हो । कोभिड १९ का माहामारीका कारण गाउँपालिका, वडा र ससर्त तथा मुख्यमन्त्री विकास कार्यक्रम बाट विनीयोजित रकम मध्ये ४४ लाख ६० हजार २ सय २६ रुपैया खर्च हुन नपाएको प्रमुख भुषालले जानकारी दिईन । कृषकहरुको माग धेरै भएपनि लकडाउनका कारण सामान ढुवानी खरीदमा समस्याका कारण यस आर्थीक बर्षमा किसानहरु मारमा परेको बताईन् ।

गाउँपालिकाको कृषि शाखा बाट सम्पन्न कार्यक्रम गाउँपालिकाको कृषि शाखाले २५ लाखमा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र खरीद गरी कृषकहरुलाई वितरण कार्यक्रम सम्पन्न गरेको छ । १ लाख ९८ हजार ९ सय ९२ मा ५० प्रतिशत अनुदानमा टनेल वितरण गरेको छ । ८४ हजारमा वडा स्तरीय स्थलगत तालिम कार्यक्रम , ९९ हजार ५ सय मा आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम, १ लाखमा ५० प्रतिशत अनुदानमा आलु विउ वितरण कार्यक्रम, १ लाख ५० हजारमा ५० प्रतिशत अनुदानमा मकै विउ वितरण कार्यक्रम,१ लाखमा ५० प्रतिशत अनुदानमा गहुँको विउँ वितरण, १ लाखमा ४५ हजार ४ सयमा ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्यक्रम, ९९ हजार ९ सय ९० मा कम्पोजिट तरकारी विउ वितरण कार्यक्रम, ८६ हजारमा अनुगमन तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कृषि शाखाको १० लाख ६३ हजार ८ सय ८२ रुपैया कृषि कार्यका लागि खर्च गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।