२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा तरकारीको भाउ महंगियो,टमाटर प्रतिकेजी सय रुपैया  

लक्ष्मण विश्वकर्मा, तुलसीपुर १८ साउन ।

तुलसीपुर बजार क्षेत्रमा तरकारीको भाउ महंगिएको छ ।केहि दिन देखी तुलसीपुर बजार क्षेत्रमा अस्वभाविक रुपमा तरकारीको भाउ बढेको छ ।गएको असार अन्तिम साता देखी तरकारीको भाउ बढेको हो ।बन्दाबन्दीको समयमा सस्तो भएको तरकारीको मुल्य अहिले बढेको तुलसीपुर तरकारी तथा फलफुल बजार व्यवस्थापन समितिका सचिव माधव घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार सवैभन्दा बढि टमाटरको भाउ रहेको छ । बजारमा अहिले टमाटरको प्रतिकिलो खरिद मुल्य ८० रुपैया रहेको छ भने विक्रि मुल्य एक सय रुपैया रहेको समितिका सचिव घिमिरेले जानकारी दिएका छन् ।यस्तै आलु प्रतिकिलो खरिद मुल्य ५४/५५ छ भने विक्रि मुल्य ६२/६३ रुपैया, प्याज प्रतिकिलो खरिद मुल्य ३२/३३ छ भने विक्रि मुल्य ४० रुपैया, करेला प्रतिकेजी खरिद मुल्य १२/१३ छ भने विक्रि मुल्य १८/२०, हरियो खुर्सानी प्रतिकेजी खरिद मुल्य ३०/३५ छ भने विक्रि मुल्य ४० देखी ४५ रुपैया, फुलगोपी प्रतिकेजी ८० छ भने विक्रि मुल्य ९०/९५ रुपैया, लसुन प्रतिकेजी खरिद मुल्य १२० छ भने विक्रि मुल्य १४० रुपैया, अदुवा प्रतिकेजी खरिद मुल्य १०० छ भने विक्रि मुल्य १२०/१३० रुपैया र बन्दागोपी ३५/४० छ भने विक्रि मुल्य ४५ रुपैया रहेको समितिका सचिव घिमिरेले जानकारी दिएका छन् ।

पछिल्नो समय दाङ सहित तराई क्षेत्रमा तरकारी उत्पादनमा कमी आएकाले तरकारीको भाउ महंगिएको समितिले बताएको छ ।जिल्ला बाहिरबाट खरिद गरी ल्याउनु पर्ने भएकाले सवैभन्दा बढि टमाटर र गोपीको मुल्य बढेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।