२०८३ कार्तिक ११ गते मङ्गलवार

माछा पालक कृषकलाई निशुल्क मिनरल वितरण

शिवु खनाल देउखुरी, ७ असार / लमही नगरपालिका पशु सेवा उपशाखाले लमही नगरपालिका क्षेत्रभित्र व्यवसायिक माछा पालक गरेका कृषकहरूलाई माछा पोखरीमा प्रयोग गरिने मिनरल निशुल्क वितरण गरेको छ । आर्थिक वर्ष ०७६÷०७७ को शशर्त तर्फको स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशुपन्छि तथा मत्स्य सेवाको नगरपालिका क्षेत्रभित्र व्यवसायिक माछा पालक गरेका दशजना माछा पालक कृषकहरूलाई २ सय २० किलो मिनरल आइतवार पशु सेवा उपशाखाले निशुल्क वितरण गरेको लमही नगरपालिका पशुसेवा उपशाखा लमहीका प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।

मिनरल माछा पोखरीमा राख्दा दाना बचत तथा कटौती, माछा स्वास्थ हुने, छिटो हुर्किन मद्दत पुग्ने, माछा पोखरीको माटो राम्रो हुने, पानीको अम्लियता घटाउने हुन्छ । जस्ले गर्दा माछा पोखरी स्वास्थ हुने, माछाको वृद्धि हुनुका साथै कृषकको आम्दानी बढ्छ र माछा पालक कृषक आर्थिक रुपले बलियो हुने, लमही नगरपालिका पशुसेवा उपशाखा लमहीका प्रमुख शिवराज न्यौपानेको भनाई छ ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देबका बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसी र लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीको संयुक्तमा माछा पालक कृषकहरुलाई निशुल्क मिनरल वितरण गरिएको थियो । कृषकलाई मिनरल वितरण गर्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले हामी यो नगरपालिकालाई आर्थिक रुपमा कसरी समृद्ध बनाउने, यहाँका सबै जनसमुदायहरुको जिवनस्तरमा परिवर्तन ल्याउने भन्ने विषयमा चिन्ता जाएर गरिरहेको बताए ।

‘अव व्यक्तीलाई कसरी आयआर्जनसंग जोड् सकिन्छ, कसरी व्यवसायिक बनाउन सकिन्छ, हाम्रो चिन्ता यो छ । हामी यहाँका सबै किसानहरुलाई कुनैन कुनै पेशासंग आवद्ध गर्न चाहान्छाँै । कसरी मान्छेलाई आयआर्जनसंग जोड्न सकिन्छ, त्यो नगर्दा सम्म भौतिक पूर्वधारको विकासले मात्रै मान्छेको परिर्वतन ल्याउन सकिदैन, नगर प्रमुख केसीले भने,–। ‘विकास त भयो तर भएको विकासलाई भोग गर्न उसंग पुजी छैन भने त्यो सुविधाको अर्थ रहदैन । त्यस कारण भौतिक पूर्वधार विकास भन्दा पहिला मान्छेलाई आयआर्जनसंग जोड्न पर्छ भन्ने मिशनका साथ यो नगरपालिका अगाडि बढेको छ ।’ यता लमही नगरपालिका उप प्रमुख देबका बेल्वासे र प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले आगामि दिनहरुमा पनि कृषकहरुसंग समन्वय गरि किसानमैत्री कार्यक्रमहरु यस नगरपालिकाबाट संचालन गर्ने बताए ।

 
प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।