२०८३ कार्तिक ११ गते मङ्गलवार

बाख्राको पकेट क्षेत्र लमहीमा डिपिङ् टयांङ्कको शिलान्यास

शिवु खनाल,

देउखुरी, २ असार बाख्रालाई बाहिरीय परजीवी नियन्त्रण तथा उपचार गर्नको लागि बाख्राको पकेट क्षेत्र घोषणा गरेको लमही नगरपालिकाले वडा नम्बर ८ र ९ मो डिपिङ् टयांङ्क निर्माण गर्न लागेको छ । सोमबार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देबका बेल्वासेले संयुक्तमा तेलियामा डिपिङ् टयांङ्कको शिलान्यास गरेका हुन् ।

बाख्राको पकेट क्षेत्रमा ठूलो स्केलको रुपमा बाख्रा व्यवसायी गर्नको निम्ती डिपिङ् टयांङ्क निर्माण गर्न लागेको लमही नगर प्रमुख कुलबहादुर केसीले बताए । उनले भने गाउँ घरमा पालेका थोरै बाख्राको निम्ती होइन, किसानहरुले हजारौ बाख्रा पाल्नु भयो भने ती बाख्राहरुलाई बाहिरीय परजीवी नियन्त्रण तथा उपचार गर्नका डिपिङ् टयांङ्कको निर्माण गर्न थालिएको छ ।’ एउटा सफल किसान बनाउने लक्ष्य भएको बताउदै उनले जसको जहाँ जे सम्भावना छ, त्यसैको काम गर्नुपर्ने उनको भनाई छ । यहाँका किसानहरुलाई बाख्रामा व्यवसायिक बनाउन सक्यौँ भने मात्रै यहाँका किसानहरुको जिवन स्तरमा परिवर्तन गर्न सकिन्छ भन्ने विश्लेषण गरेको नगर प्रमुख केसीको भनाई छ ।

किसानको मागलाई मध्यनजर गर्दै बाख्राको पकेट क्षेत्रमा यो कार्यक्रम संचालन गरेको लमही नगरपालिका उप प्रमुख देबका बेल्वासेले बताईन् । डिपिङ् टयांङ्कको निर्माण पश्चात् व्यवसायिक बाख्रा पालक किसानहरु प्रभावकारी हुने आर्थिक रुपले सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

डिपिङ् टयांङ्कबाट बाख्राको शरिरमा रहेको जुम्रा, उपिया, सुलसुले, किर्ना खुइरो लगायत अन्य बाहिरीय परजीवीको उपचारको ग¥यौ भने, बाख्रा माटोघाटा हुन्छन्, चिल्लो हुन्छ, किसानको व्यवसायि बढ्छ, बाख्रा विक्री गरेर राम्रो आम्दानी हुन्छ । जस्ले गर्दा किसान आर्थिक रुपमा सम्पन्न हुने लमही नगरपालिका पशु सेवा उपशाखा प्रमुख शिवराज न्यौपानेले बताए । अव लमहीको बिजुलीपुर, हर्दवा र जलकुण्डीमा शिलान्यास गर्न लागेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।