२०८३ कार्तिक ११ गते मङ्गलवार

विद्युतीय मोटर चोरी भएपछि किसान मर्कामा

तुलसीपुर, १६ बैशाख पश्चिम दाङको बबई गाउँपालिका–५ पूर्व हापुरेमा पानी तान्ने विद्युतीय मोटर चोरी हुँदा किसानहरु मर्कामा परेका छन् । बैशाख १४ गते राति करिब २२ हजार बराबरको विद्युतीय मोटर खेतबाटै चोरी भएपछि किसानहरु मर्कामा परेका हुन् । दलित, एकल महिला, अपाङ्ग तथा सिमान्तकृत समुदायले दलित सेवा संघको सहयोगमा एक विघाह जग्गा भाडामा लिएर विगत २ बर्षदेखि तरकारी खेति गर्दै आएका थिए । विभेदमा पारिएका समुदायको जिवीको पार्जनमा सुधार ल्याउने उद्देश्यले संघले १० घुरधुरी किसानलाई सिचाईका लागि २ हर्सपावरको विद्युतीय मोरर उपलब्ध गराएको ईन्देनी कृषी समूहका अध्यक्ष सारदा गन्धर्वले जानकारी दिइन् । एक विघाह क्षेत्रफलमा लगाएका काउली, गोपी, भन्टा, करेला, खुर्सानी, हरियो साग, केराउ, भिन्डी लगाएतका तरकारी सिंचाई नहुँदा सुक्ने अवस्थामा पुगेको अध्यक्ष गन्धर्वले जानकारी दिइन् ।  

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।